logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


अंकुरण खबर
1.573K
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।

यस्तै, बिहीबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।