logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै


अंकुरण खबर
806
Shares

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ ।

सरकारले एकाएक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठक शुक्रबार बिहान साढे १० बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीयले जनाएको छ ।

बुधबार कांग्रेस पदाधिकारी बैठकले संसदीय दल कार्यसमिति बैठक बोलाएर संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेशसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने निर्णय गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्।

अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठकसम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अध्यादेश गएको बैशाख ८ गते ल्याए पनि व्यापक आलोचनापछि फिर्ता लिएका थिए।

दोस्रोपटक सोही अध्यादेश ल्याइएपछि नेकपा भित्रैबाट व्यापक आलोचना भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता गरेका छन्। तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठमा अध्यादेश फिर्ता लिनेबारे प्रसंग नै उठाइएन।