logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


अंकुरण खबर
2.73K
Shares

काठमाडौं – संविधान दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । विक्रम सम्बत २०७२ असोज तीन गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा भएको दिनलाई संबिधान दिवसको रुपमा मनाइने गरिन्छ ।

दिवसका अवसरमा आज काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । देशभरका स्थानीय तहले पनि दिवसका अवसरमा कार्यक्रम गर्दैछन् ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वा्चित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको दिनको रुपमा आजको दिनलाई स्मरण गरिन्छ ।

मधेश केन्द्रित दलले भने आजको दिनलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् । संबिधानमा आफुहरुले राखेका असन्तुष्टि सम्बोधनको पहल नभएको भन्दै उनीहरुले असोज तीनलाई कालो दिनको रुपमा लिदै आएका छन् ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् । शुभकामना सन्देशमा संविधान कार्यान्वयनको प्रतिबद्धता समेत जनाइएको छ । दिवसका अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ ।