logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री


अंकुरण खबर
1.144K
Shares

आकाशमा तुवाँलो लागेसँगै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ ।

आइतबार बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौंको न्यूतम तापक्रम ४.३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम १.६ डिग्री सम्ममा झरेको थियो ।

शुक्रबार १.६ डिग्री रहेकोमा शनिबार न्यूनतम तापक्रम २ डिग्रीमा चढेको थियो । आज ४.३ डिग्री पुगेको हो ।

रातमा सुख्खा हावा नचलेका कारण बसेको तुवाँलोले काठमाडौंको न्यूनतम तापक्रम बढाएको बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार रातमा सुख्खा हावा बढी चढ्यो भने न्यूनतम तापक्रम घट्छ । तर शनिबार राती सुख्खा हावा नचलेका कारण तुवाँलो बसेसँगै न्यूनतम तापक्रम बढेको हो ।

न्यूनतम तापक्रम बढेपनि अधिकतम भने तापक्रम घट्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंका अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान गरिएको छ ।

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पारिलो घाम लाग्ने सम्भावना कमजोर रहेको छ । अहिले तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ ।

हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाकि भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।