काठमाडौं – देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना हुनेछ ।
हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ। आजबाट मौसममा सुधार आउने मौसम विभागले जनाएको छ । आज मध्य पश्चिम र सुदुरपश्चिम क्षेत्रमा मध्यम वर्षा हुने देखिएको छ । पूर्व र मध्य क्षेत्रको पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राजधानी उपत्यकामा मध्यान्नदेखि मौसम बदलि हुनुका साथै केही स्थानमा छिटफुट वर्षा हुनेछ । उपत्यकाको मौसम अशिक खुल्नेछ ।