logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले बोलायो सर्वदलीय बैठक


अंकुरण खबर
585
Shares

प्रधानन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन् ।

सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि संसद विघटनपछि सत्तारुढ दल नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो ।