बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० ले घटेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य पनि आज ९०० ले घटेर ९३ हजार ५०० मा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । मंगलबार १ हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ५० रूपैयाँले घटेर एक हजार २६५ मा कारोवार भइरहेको छ ।