logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बानेश्वरमा संसदीय दलको नेता चुन्न दाहाल-नेपाल समूहको बैठक सुरु


अंकुरण खबर
1.105K
Shares

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

बैठकले पार्टी संसदीय दलको नयाँ नेता चुन्नेछ । बैठकले पुष्पकमल दाहाललाई नेता चयन गर्ने बताइएको छ ।

सांसद देवेन्द्र पौडेलका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकाले दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको हो ।

हिजो बसेको नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएसँगै सहमतिमै दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको नेपाल निकट एक सांसद्ले बताएका छन् ।