logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनको विरोधमा कांग्रेसले पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने


अंकुरण खबर
1.183K
Shares

नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको विरोधमा पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले संसद विघटनको विरोधमा मेलमिलाप दिवसका दिन पुस १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ,’ शर्माले भने । प्रवक्ता शर्माले कांग्रेस लोकतन्त्र र संविधानको पक्षमा आफ्नै ब्यानरमा आन्दोलनमा जाने बताए ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्द ढुंगाना र गगन कुमार थापाले आ-आफ्नो धारणा राखेका थिए । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता शर्माले जानकारी दि ए।