logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८ सय नाघ्यो


अंकुरण खबर
1.248K
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ ।

गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७ सय ४० पुगेको छ ।