logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.612K
Shares

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ९ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य बिहीबार भने १ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार ६ सय पुगेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँ बढेर १ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।