logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको हेली एयरको जाइरोकप्टर पुनः सञ्चालनमा


अंकुरण खबर
2.483K
Shares

हेली एयर नेपाल प्रालिले कोरोना महामारीका कारण स्थगित आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ।

कम्पनीले आज (बिहीबार) बाट नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण प्रक्रिया तथा कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्डका नियमहरू पूर्णरूपमा पालना गर्दै आफ्ना सेवाहरू पुनः सञ्चालनमा ल्याएको हो ।

कम्पनीले पोखरा आसपासको आकाशमा दुईवटा जाइरोकप्टरमार्फत मनोरञ्जनात्मक दृश्यावलोकन उडान गर्दै आएको छ । कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनपछि उडान सेवा स्थगित गरिएको थियो।

यसैबीच कम्पनीले कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत माथि उठाउन सहयोग पु¥याउने उद्देश्यका साथ सबै प्रकारका उडानमा छुट प्रदान गर्ने भएको छ।

कम्पनीले नेपाली नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ । जसअनुसार पोखरा आसपासको छोटो उडानको लागि ६ हजार ४९९ रूपैयाँ, माछापुछ्रे हिमालसम्म (करिब ३० मिनेट) को उडानको लागि ११ हजार ४९९ रूपैयाँ र माछापुछ्रेसहित अन्नपूर्ण हिमालसम्म (करिब ६० मिनेट)  को उडानको लागि २१ हजार ४९९ रूपैयाँ भाडा दर तोकिएको कम्पनीले जनाएको छ ।

फ्रान्समा निर्मित अत्याधुनिक जाइरोकप्टरबाट उडान गर्दा हाम्रा यात्रु महानुभावहरूले पाउने यस विशेष छुट कोरोना महामारी अवधिभर मात्र कायम रहनेछ,’’ कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।