logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माइतीघर मण्डलबाट नेकपाका तीन पूर्वप्रधानमन्त्री पुगे निर्वाचन आयोग


अंकुरण खबर
1.014K
Shares

तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन् ।

माइतीघर मण्डलबाट नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली आयोगमा पुगेको हो । उनीहरू नेकपाको आफ्नो समूह आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन् ।

बिहीबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको थियो ।  दाहाल–नेपाल समूहले ४४१ मध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदै छ ।