नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनको विषय अदालतमा मात्र नभएर जनतामा पनि गएको बताएका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनको विषय अदालतको मात्र नभएको बताएका हुन् ।
‘यो विषय अदातल मात्रै होइन । जनतामा पनि गएको छ । यो जनताको जिम्मेवारी भएको छ, अध्यक्ष प्रचण्डले भने, ‘सडकमा पनि गएको छ । सबै दलले आन्दोलनको घोषणा गरेका छन् । हामी पनि सडकमा गएका छौं ।’
संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने कदम चालेको उनको भनाइ थियो । प्रधानमन्त्रीको कदमले राजनीतिलाई जटिल ठाउँमा ल्याएको उनको भनाइ थियो।
‘अहिले प्रमुख राजनीतिक दलहरु सबै नागरिक समाज पत्रकार संवधिधानविद् र काननुनविद्हरु यो कदम संविधानविरोधी छन् भन्नेमा एक मत छन् । तर प्रधानमन्त्री ओलीले विघटनको प्रस्ताव गर्नुभयो र राष्ट्रपतिबाट स्वीकार गरिएको छ। यसले राजनीतिलाई जटिल ठाउँमा ल्यायो, ’प्रचण्डले भने ।