logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बादल झुक्किएर ओली समूहमा पुगेको प्रचण्डको टिप्पणी


अंकुरण खबर
689
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको बताएका छन् ।

उनले बादलले गरेको भाषण सुन्दा झुक्किएर ओली समूहमा पुगेको बताएका हुन् । संसद भंग भएको दुई दिनसम्म कुनै पक्षका बैठकमा सहभागी नभएका बादल बिहीबार केपी शर्मा ओली समूहको बैठकमा उपस्थित भएका थिए ।

बिहीबार ओली समूहको बैठकमा उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्थापनाको माग पश्चगमन भएको बताएका थिए ।