logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसममा केही सुधार : ‘पूर्ण सफा हुन अझै केही दिन लाग्ने’


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – मौसममा केही सुधार आएको भए पनि पूर्ण रुपमा सफा हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको जनाइएको छ ।

शनिबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

यस्तै राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

पश्चिमी क्षेत्रमा भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।