चिनियाँ राजदूत होउ यान्छी र पूर्वसभामुख तथा प्रचण्ड-माधव समूहका नेता कृणबहादुर महराबीच भेटघाट भएको छ ।
राजदूत यान्छी महरालाई भेट्न महरा निवास पुगेकी छन् ।
नेकपाको आन्तरिक विवाद समाधान गराउन र फुटबाट जोगाउन सक्रिय यान्छी नेकपा राजनीतिक रुपमा फुटेपछि महरालाई भेट् गर्न पुगेकी हुन् । राजदूत यान्छीको महरासँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।
यस्तै, राजदूत यान्छीले प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपाललाई आजै भेटेकी छन् । नेपाल निवास कोटेश्वरमा शुक्रबार उनीहरूबीच भेट भएको हो । भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
चिनियाँ राजदूतले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिइन् ।