logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेकपा सचिवालय बैठक आज : ‘प्रदेश २ को विवादमा छलफल गरिने’


अंकुरण खबर
1.664K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक शनिबार बस्ने भएको छ ।  नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए  ।

शनिबार बस्ने बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजन गर्ने तयारी थियो ।