logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने मन्त्रिपरिषदको निर्णय


अंकुरण खबर
949
Shares

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आगामी माघ ७ गतेका लागि बोलाइएको छ ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

यसअघि साउन ९ गते सभामुख सोमनाथ अधिकारीले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेका थिए। यसैगरी आजै बसेको बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागू गर्ने निर्णय गरेकोसमेत कार्कीले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेकपाको प्रचण्ड नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन् ।