logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.027K
Shares

नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७१८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगैअहिलेसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।