logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बालिका बेपत्ता


अंकुरण खबर
2.132K
Shares

काठमाडौं –  शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।

शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएका हुन् । ।

बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको म्याग्दीका प्रहरीले जनाएको छ ।

बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ । खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।