नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ ।
नेप्से आज पनि सामान्य अंकले बढेको हो । आज नेप्से ५.५७ अंकले बढेर दुई हजार १२ दशमलब ८९ विन्दुमा पुगेको छ भने ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ८ वटा समूह घटेका छन् भने ४ वटा समूह बढेका छन् ।