logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ७३१  जना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
910
Shares

नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।

हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६५ जना क्वारेन्टिनमा छन् ।