विश्वमा एकैदिन पाँच लाख ९६ हजार ६ सय २२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
विश्वमा कुल संक्रमितको संख्या ८ करोड २२ लाख ९१ हजार ७ सय ६८ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट १३ हजार ३ सय ९२ जना संक्रमितको मृत्यु भएको छ ।
विश्वमा कुल मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार १ सय ७२ पुगेको छ । यसरी विश्वमा ५ करोड ८३ लाख ११ हजार ९ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन् ।