logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेरी अस्पतालमा पाँच मिनेटको फरकमा दुईजना संक्रमितको मृत्यु


अंकुरण खबर
741
Shares

भेरी अस्पताल, नेपालगञ्जमा ५ मिनेटको फरकमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार अस्पतालमा बाँके र बर्दियाका एक–एक जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेजमा लगिएका ७३ वर्षीय पुरुषलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।

कोहलपुरमै उपचार गराइरहेका बृद्धलाई मंसिर १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । भेरीमै उनको मृत्यु भयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको हो । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।

बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ ।