logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि हिउँदे अधिवेशन शुरु हुँदै


अंकुरण खबर
858
Shares

राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ ।

शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका हुन् ।

यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा भईसकेको तिमिल्सीनाको भनाई छ । यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सीनाले बताए ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेको भन्दै उनले सरकारी बिजनेशविना अधिवेशन लामो समय लैजान नसकिने बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई अपिल गरेका छन् ।