logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ अग्रवाल वीरगञ्जबाट पक्राउ


अंकुरण खबर
767
Shares

उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवाललाई पश्चिम नवलपरासी पठाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ ।

पक्राउ परिसकेपछि उखु किसानलाई दिन करिब अग्रवालले १ करोड रुपैयाँ जम्मा गरिसकेका छन् । अग्रवालले करिब १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।