logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोटमा अज्ञात समूहद्वारा प्रदेशसभा सदस्यको गाडीमा आगजनी


अंकुरण खबर
728
Shares

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नं को उक्त गाडी भेरी नगरपालिका-७ पुनमा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो ।

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आगजनीबाट गाडी पूर्ण रुपमा जलेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।