logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ४४ जना सांसदको स्वाब संकलन गरी परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ५६ जना कर्मचारीमध्ये ५ जनामा संक्रमण पुष्टि भएको सांसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आव्हानमा राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।