logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम: तराईंमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षाको सम्भावना


अंकुरण खबर
3.289K
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु/कुहिरो लागेको छ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । जसका कारण केही ठाउँमा भने वर्षाको समेत सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हिमपातसँगै वर्षाको समेत सम्भावना छ ।

शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनकारी दिएको छ ।

यस्तै शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराईं र पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।