नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत जाने भएका छन् ।
बिरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई जाने भएका हुन् ।
आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनले आफ्नो पत्नीको उपचारको लागि भारत जान लागेको बताएका हुन् । मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने बताएका छन् ।
सीता लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।