दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
ना ६ ख १८१४ नम्बरको बस आज ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।