logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कम्बोडियाले गर्‍यो नेपाललाई स्वास्थ्य सामाग्री सहयोग


अंकुरण खबर
806
Shares

कम्बोडिया सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै कम्बोडियाले स्वास्थ्य उपकरण तथा सामाग्रीहरू प्रदान गरेको हो ।

दुईवटा विमान चार्टर गरेर ती सामान नेपाल ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कम्बोडियाका स्थायी सचिव आउच बोरिथले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपार्ठीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कम्बोडियाले फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क एक लाख थान, एन ९५ मास्क २० हजार थान, गुगलिज २० हजार थान, पीपीई सेट २० हजार थान, थर्मल गन पाँच सय थान, फेस सिल्ड २० हजार थान, २० थान भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।