logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-भारत सीमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन


अंकुरण खबर
741
Shares

नेपाल-भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ ।

कोभिड-१९ को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो । कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ ।

महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो । जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन  गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध र्यालीमा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो।

कोणसभामा जसपाका केन्द्रीय सदस्य सतरजित यादव, उर्मिलादेवी पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्षद्वय धरेन्द्र यादव, मुकुरजी गिरी, पार्टी सचिव एव प्रवक्ता रामज्ञा पाण्डे लगायतले कोभिड–१९ को बहानामा सिमाबन्दीलाइ नलम्ब्याइ तत्काल खोल्न माग गरेका थिए ।