केही दिन यता इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्।
कैदीहरु एकाएक बिरामी पर्दै गएपछि सबैलाई संक्रमण देखिएको छ । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रसाशनले जनाएको छ । ‘एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत कठिनाई परेको छ । कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सरेको जनाइएको छ । कारागारमै गएर इलाम अस्पतालका चिकित्सकहरुले कैदी बन्दीको उपचार गरेका छन् ।
कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ ।