logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेताबाट मण्डललाई हटायो, नयाँ नेतामा महतो चयन


अंकुरण खबर
1.183K
Shares

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको छ ।

नेकपा प्रदेशसभा संसदीय दल (प्रचण्ड-माधव समूह)को आज बसेको बैठकले दलका नेता मण्डललाई हटाउने निर्णय गरेको हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका छन् ।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । जसमध्ये १९ जना सांसद प्रचण्ड-नेपाल समूहमा लागेका छन् ।

मण्डललाई कारबाही गरी प्रचण्ड-नेपाल समूहले दलको नयाँ नेतामा प्रदेश सांसद सत्रुधन महतोलाई चयन गरेको छ । उनी पूर्व एमालेबाट विजयी भएका थिए ।