logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतबाट फर्केका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोनाको आशंका


अंकुरण खबर
975
Shares

नेपालमा पनि ३ जनामा नयाँ प्रजाति (न्यू भेरिएन्ट्)को कोरोना भाइरसका शंकास्पद संक्रमित भेटिएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षणको क्रममा तीन जना शंकास्पद संक्रमित देखिएका हुन् । ‘मेरो जानकारीमा आएअनुसार तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उहाँहरु शंकास्पद हुनुहुन्छ’ डा. पाण्डेले भने ‘त्यसलाई निर्क्यौल गर्न हङकङ पठाउने काम भइरहेको छ । हामीसँग त्यो प्रणाली उपलब्ध छैन ।’

बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो । तीन जनाको नमूना आउँदो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्याउने बताइएको छ ।

पहिलो पटक बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् । उक्त प्रजातिको कोरोना भारतसहित अन्य धेरै देशहरुमा फैलिसकेको छ ।