logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्दै आयोग


अंकुरण खबर
3.757K
Shares

निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ ।

सरकारले वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेसँगै आफ्नो तयारी सुरु गर्ने भएको हो ।

आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

पुस २३ देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुने आयोगले जनाएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति रहेको छ ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने आयोगको कार्यतालिका छ ।

संसद विघटनविरुद्ध परेको रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने छ ।