नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।