पछिल्लो २४ घण्टामा काठमाडौं ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९ जना, ललितपुरमा ५० जना र भक्तपुरमा २४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा एक लाख २२ हजार ५०६ जना व्यक्ति संक्रमित भएका छन् ।
यस्तै, आज नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।