logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आकाश खुलेपछि फेरि चिसो बढ्यो, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली


अंकुरण खबर
1.352K
Shares

आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ । सोमबार र मंगलबार बादल लागेको बेला काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो ।

हिजो काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

उनका अनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाडौं उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ ।

आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने छ । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ ।

तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ ।