संखुवासभाको मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
हिजो बेलुकीपख सेदुवा च्याक्सेडाँडाको हिङद्रमा भन्ने ठाउँको जंगलमा अलैँची बगानमा अलैँची टिप्ने क्रममा वडा सदस्य शेर्पालाई भालुले आक्रमण गरेको हो । भालुले आक्रमण गरेपछि शेर्पाले गुहार मागेका थिए । अलैँची बगानमा रहेका अन्य साथीहरुले भालु लखेटे पछि उनलाई उपचारको लागि राति नै सेदुवाको स्वास्थ्य चौकीमा पठाइएको थियो ।
भालुको आक्रमणबाट शेर्पाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।