logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५.९१ अंकले बढ्यो नेप्से


अंकुरण खबर
897
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १५.९१ अंकले बढेर दुई हजार एक सय ९४ दशमलब ४८ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको शेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।