logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
949
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसम सामान्यतया सफा रहने जनाएको छ । तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ । यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ ।

अहिले बिहान प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदलीको अवस्था रहेको छ र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

हाल भारतको कर्णातक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन् ।