नेपाली बजारमा आज (शुक्रबार) पहेँलो धातु सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन (बिहीबार)को तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।
शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मुल्य ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य भने यथावत रहेको छ । आज पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ ।