logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्नी सीतालाई भारतमै छोडेर भोलि फर्कदै प्रचण्ड


अंकुरण खबर
897
Shares

पत्नी सीता दाहालको थप उपचारको निम्ति सोमबार नयाँ दिल्ली हुँदै भारतको मुम्बई गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार स्वदेश फर्कने भएका छन् ।

उनी हिजो बिहीबार फर्कने कार्यक्रम रहेपनि अस्पतालमा उपचार र कुरुवाको सबै प्रबन्ध मिलाउँदा एक दिन ढिलो भएको स्रोतले बताएको छ ।

लामो समयदेखि वंशाणुगत पार्किन्सस् रोगबाट पीडित सीताको पछिल्लो समय काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थमा खासै सुधार आउन नसकेपछि चिकित्सकको सल्लाहअनुसार केही साताको लागि मुम्बई लगिएको पारिवारिक स्रोतले बताएको छ ।