logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी छोरीबुहारी भाइ भतिजाको होइन, जनताको हो : प्रधानमन्त्री ओली


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुदूरपश्चिम प्रदेशलाई कुनै शक्तिले पछि पार्न नसक्ने बताएका छन् ।

सुदूरपश्चिम अहिलेसम्म देशकै पछि परेको प्रदेशको रुपमा रहेको उल्लेख गर्दै ओलीले अब कुनै पनि शक्तिले पछि पार्न नसक्ने समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘ओली समूह’सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको जनसभालाई शुक्रबार सम्बोधन गर्दै ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू नेतृत्वको सरकारले बृहत्तर रुपमा काम गरिरहेको पनि दाबी गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष आफन्तको लागि राजनीतिमा लागेको टिप्पणी गरे । आफूले कोही आफन्तलाई टिपेर कुनै पदमा नराखेको बताए ।

‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीहरुको, बुहारीको मतलब छ तिनको पार्टी हो कि तपाईहरुको पार्टी हो ? ’उनले प्रश्न गर्दै भने,‘यो पार्टी सम्धी छोरीबुहारी भाइ भतिजाको पार्टी होइन, यो तपाईहरुको जनताको पार्टी हो ।’

घाम लागेपछि लाटोकोसेरो टिक्न नसकेजस्तै प्रचण्डहरु टिक्न नसकेको ओलीले टिप्पणी गरे । ‘काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ तर जस्ताको तस्तै’ उनले भने,‘लाटो कोशेरो झलल्ल घाम लाग्यो भने आँखा चिम्लिन्छ । अध्यारोमा उड्ने, चर्ने बानी गरेकाहरु घाम लागेपछि उज्योमा टिक्न सक्दैनन् । यहाँ चेतनाको ज्योतिबाट भ्रम हटाइन्छ, अन्धकारका विरुद्ध लागिन्छ यसकारण यस ठाउँमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।’