logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा ‘धोती जुलुस’ : साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई


अंकुरण खबर
754
Shares

नेकपा ओली समूहले काठमाडौंमा ‘धोती जुलुस’ निकालेको छ ।

राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुली बजारबाट शनिबार दिउँसो धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए ।

महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । र्‍यालीमा सहभागीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ जस्ता नारा लगाएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काठमाडौंसहित देशका विभिन्न भागमा पक्ष विपक्षमा प्रदर्शन भइरहेका छन् ।