logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्येष्ट नागरिकले अव ५०० रुपैयाँमा नै प्लेन चढ्न पाउने


अंकुरण खबर
3.198K
Shares

काठमाडौं – निजी वयुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ हवाई भाडामा नै सेवा दिने भएको छ ।

कम्पनीले यही असोज १२ गते घटस्थापनाको दिनदेखि नै यो सेवा प्रदान गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अघि सारेको वार्षिक योजनाको कार्यान्वयन स्वरुप श्री एयरलायन्सले यस्तो छुट सुविधा दिने भएको हो ।

त्यस्तै, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धक अनिल मान्धरका अनुसार प्रतिउडान २ जना जेष्ठ नागरिकले यो सुविधा प्राप्त गर्नेछन् ।