logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्दै


अंकुरण खबर
1.352K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सोमबार चियापान समारोहको आयोजना गरेको छ ।

दिवसका अवसरमा राप्रपाले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

चियापान कार्यक्रम अघि बिहान साढे ११ बजे भद्रकालीबाट र्‍याली निकाल्ने र सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सम्बोधन गर्ने जनाइएको छ ।